मनमैजुकी रशिला र ढल्कोका सुमन उत्कृष्ट

मनमैजुकी रशिला र ढल्कोका सुमन उत्कृष्ट


मनमैजु तेक्वान्दो डोजाङकी रशिला तामाङ र आयोजक ढल्को तेक्वान्दो डोजाङका सुमन उप्रेती प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । रशिलाले महिला ४६ केजीमुनि र सुमनले पुरुष २८ केजीमुनि तौलसमूहमा स्वर्ण पदक जितेका थिए ।

ढल्को तेक्वान्दो डोजाङद्वारा आयोजित २ दिने प्रतियोगितामा दिलिप स्मृती डोजाङले ३ स्वर्ण,४ रजत र २ कास्यं पदक जित्दै टिम च्याम्पियन बनेको थियो । त्यस्तै लैनचौर डोजाङले ३ स्वर्ण र ५ कांस्य पदक जित्दै दोस्रोमा सीमीत भयो । मनमैजु डोजाङले २ स्वर्ण,४ रजत र २ कांस्य पदक हात पार्दै तेस्रो स्थान प्राप्त ग¥यो ।

विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी,काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी,वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, प्रतियोगिता संयोजक गोपी पुनमगरल र डोजाङ प्रमुख राजेन्द्र पुजारीलगायतले पुरस्कृत गरेका थिए ।

सो अवसरमा डोजाङले काठमाडौं महानगर वडा १७ का अध्यक्ष नविन मानन्धर, समाजसेवी सुविन्द्र शाही र उपमेयर हरिप्रभा खड्गीलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री केसी र डोजाङ प्रमुख राजेन्द्र पुजारीले सम्मान गरे ।