भारतले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ५९–२१ ले पराजित गरेको हो । भारतका गुरदीप उत्कृष्ट केचर तथा भारतकै विनीत शर्मा उत्कृष्ट रेडर चुनिए । राउन्ड रोविन लिगमा भारत विजेता र नेपाल उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
अखिल नेपाल कबड्डी संघद्वारा आयोजित ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा भारतले नेपाल र बंगलादेशलाई पराजित गरेको थियो । त्यस्तै नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले पुरस्कृत गरेका थिए । कार्यक्रममा सदस्य–सचिव विष्टले संघलाई दक्षिण एसियाली कबड्डी च्याम्पियनसिपको तयारी गरे राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया