स्मार्ट क्याफेले ल्यायो दशै छुटको बहार

स्मार्ट क्याफेले ल्यायो दशै छुटको बहार


काठमाडौं महानगरपालिकाको धुम्माबाराहीमा सञ्चालित ‘स्मार्ट क्याफे एण्ड रेष्टुरेन्ट ब्यान्क्वीट’ मा चाडपर्वको अबसर पारेर विशेष छुटको व्यवस्था गरेको छ । सञ्चालनमा आएको एक वर्षमै ग्राहकहरुको रोजाईमा पर्न सफल सो क्याफेमा दशैलाई भव्यरुपमा मनाउन पारिवारीक वातावरण सहित विभिन्न छुटको व्यवस्था गरेको छ । सो क्याफे तथा रेष्टुरेन्टले परिवार सहित आउनेलाई विशेष लक्षित गरि योजना सार्वजनिक गरेको क्याफे सञ्चालक बाबुराम कार्कीले बताए ।

उनका अनुसार क्याफेमा आउनेहरुको अर्डर बमोजिम खानेकुरा तयार गरिदिने र छुट सहित दशैतिहारमा पारिबारीक वातातरणमा मनाउने व्यवस्था समेत मिलाएको बताए । उनले भने,‘हामी जस्तो नाम त्यस्तै काम गरेर आम ग्राहकलाई खानेकुरा र मनोरञ्जनमा दिने कार्यमा कुनै कमी हुन दिने छैन् ।’ कार्कीले भने,‘हामीले यस रेष्टुरेन्टमा मदक पदार्थ सेवन गरेकालाई ध्यानमा राखी काठमाडौं उत्पत्यकाभित्र पहिलो पटक निशुल्क घरसम्म पु¥याउने सेवा समेतको व्यवस्था गरेका छौ ।’ उनका अनुसार आगामी दिनमा रेष्टुरेन्टको क्षमता बिस्तारका लागि थप लगानी गर्ने समेत लक्ष लिएको जनाए ।

रेष्टुरेन्टमा शुभ–विवाह, ब्रतबन्ध, बर्थ–डे पार्टी, सेमिनार तथा अन्य शुभ कार्यकक्रमका लागि सुविधा सम्पन्न हल तथा पार्किङको सुविधा रहेको छ । रेष्टुरेन्टमा सानो र ठूलो गरी २ वटा सेमिनार हल रहेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा फैलिएको रेष्टुरेन्टमा एकै पटकमा ६ सय जनालाई एकै साथ सेवा प्रदान गर्न सक्ने सञ्चालक कार्कीको दाबी रहेको छ । सो क्याफेमा फ्रि–वाइफाईको सुविधा पनि उपलब्ध छ । समूहमा रेष्टुरेन्टको क्षमता बिस्तार गरी ओपन गार्डेन रुफ्टप रेन्टुरेन्ट पनि सञ्चालनमा ल्याइएको छ ।

रेष्टुरेन्ट पार्टी सेमिनारको अलवा विशेषगरि खाजा तथा खानाको राम्रो व्यवस्था गरिएको छ । ग्राहकको चाहाना र उदेश्य अनुसार पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गरिने दाबी समेत कार्कीको रहेको छ । रेष्टुरेन्टमा नेपाली, चाइनिज, इण्डियन, कन्टिनेन्टल इटालियनलगायत ग्राहकको चाहना अनुसारको खानाको परिकार खुवाउन सकिने उनले जानकारी दिए ।