चाडपर्वमा सरकारी गाडी प्रयोग गर्दा स्थानीय प्रशासनको अनिवार्य अनुमति लिनुपर्ने

चाडपर्वमा सरकारी गाडी प्रयोग गर्दा स्थानीय प्रशासनको अनिवार्य अनुमति लिनुपर्ने


सरकारले स्थानीय प्रशासनको अनुमति विना चाडपर्वको विदामा सरकारी गाडी प्रयोग नगर्न आफ्ना सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग, केन्द्रीय पञ्जिकरण विभाग, जिल्ला समन्वय समिति, महानगर/उपमहानगर/नगरकार्यपालिका/गाँउ कार्यपालिकालाई आज निर्देशन दिर्दै स्थानीय प्रशासनको अनुमति विना चाडपर्वको विदामा सरकारी गाडी प्रयोग नगर्न निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ,‘सरकारी गाडी चाडपर्वको बेला प्रयोग गर्नुपर्ने भए स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिनुपर्नेछ ।’ मन्त्रालयको यो निर्देशनसँगै चाडपर्वको विदाका बेला कुनै अधिकारीले सार्वजनिक गाडी प्रयोग गर्नुपरे स्थानीय प्रशासनको स्वीकृत लिनुपर्नेछ ।

यस्तै, मन्त्रालयले विदाको बेला नगरहरुको फोहर व्यवस्थापन गर्ने संयन्त्र चुस्तदुस्त राख्न समेत आफू मातहतका कार्यालयहरुलाई भनेको छ ।