नेपालद्वारा भुटान पराजित, बुधबार भारतको सामना गर्दै

नेपालद्वारा भुटान पराजित, बुधबार भारतको सामना गर्दै


भुटानमा जारी साफ यू–१८० च्याम्यिनसिपअन्तर्गत आज सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो र खेलको ८० औँ मिनेटमा थपेको उक्त एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो । नेपालले आफ्नो चौथो खेल बुधबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।