यस्तो छ रोहिङ्ग्या मुसलमानको कथा

यस्तो छ रोहिङ्ग्या मुसलमानको कथा


म्यानमार अर्थात बर्मा यतिबेला रोहिङ्ग्या मुसलमानका कारण विश्व–चर्चामा छ । कुनै समय आङ सान सु की र त्यहाँको प्रजातान्त्रिक आन्दोलनले विश्व समुदायको ध्यानाकर्षण गर्ने गर्दथ्यो । एशियाको एउटा पुरानो मुलुक म्यानमारमा विभिन्न जातीय तथा क्षत्रिया समुदायहरूले विखण्डनकारी चरित्रको सङ्घर्ष गर्ने गरेको पनि विश्व समुदायको जानकारीमा छ, रोहिङ्ग्या मुसलमान समुदाय पनि तिनै विखण्डनकारीमध्ये एक भएको विषय यहाँ उल्लेख गरिरहनु नपर्ला ।

रोहिङ्ग्या मुसलमान समुदायको क्रियाकलाप यसअघि पनि चर्चायोग्य थियो । इतिहासमा उक्त समुदायका मानिसबाट चर्चामा आउने प्रकारका अनेकौँ कर्म भएका छन् । म्यानमारका बौद्ध सम्प्रदायविरुद्ध रोहिङ्ग्या मुसलमानहरूले गरेको व्यवहार कति पीडादायी थियो, त्यसबारे अपेक्षित चासो र चर्चा हुन सकेन । अहिले अहिंसा, शान्ति र सदभावमा विश्वास राख्ने बौद्धमार्गीहरू (जो हिंसाको नाममा उउटा लामखुट्टेसमेत मार्न चाहँदैनन् ले जब आफ्नो रक्षाका निम्ति बाध्यातमक कदम चाले, जब उनीहरू पनि हत्या र बलात्कारको बदलामा सोहीअनुरुपको प्रतिवादमा उत्रिए, त्यसपछि मात्र संसारको ध्यान म्यानमार र रोहिङ्ग्या मुसलमानतिर गएको हो ।

यो समुदायले अलग देश निर्माणको निम्ति भन्दै म्यानमारमा जे–जस्ता क्रियाकलाप गऱ्यो, बौद्ध र हिन्दु समुदायका मानिसको हत्या र बलात्कार तथा बौद्ध गुम्बा र मन्दिरहरू ध्वस्त बनाई मस्जिदहरू निर्माण गर्ने काम जसरी गर्ने गऱ्यो त्यो आतङ्कवादी क्रियाकलापबाहेक केही थिएन । उनीहरू बौद्ध धर्मावलम्बीहरूसँग जबर्जस्ती पैसा असुल्थे र पैसा दिन आनाकानी गर्नेहरूको हत्या गर्ने गर्दथे । रोहिङ्ग्या मुसलमानहरू विरुद्ध प्रहरी प्रशासनमा उजुरी परे पनि प्रहरी तिनको बसोबास क्षेत्रमा प्रवेश गर्न सक्दैनथे । एक प्रकारले सबै किसिमको अपराध गर्न उनहिरूलाई छुट थियो । यदि कुनै तरिकाले तिनलाई पक्राउ गर्न सफल भयो भने पनि रोहिङ्ग्याहरूको झुण्डले प्रहरी प्रशासनको कार्यालयमा आक्रमण गर्ने र आगलागी गरी ध्वस्त बनाउने गर्दथे ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यहाँ मुसलमानहरू उचालिए र उनीहरू अलग देश पाकिस्तान बनाउन आन्दोलित भइरहँदा म्यानमारका मुसलमानहरू पूर्वी पाकिस्तान (हाल बंगलादेश)मा सामेल हुन म्यानमारभित्रै सङ्घर्ष गर्दै थिए । भारतमा मुसलमानहरूले जसरी हिन्दुहरूको हत्या गरे । रोहिङ्ग्या लडाकु बर्मेली सेना र त्यहाँका जनताविरुद्ध लड्न कस्सिएका थिए । दोस्रो विश्वयुद्धको समयमा ब्रिटिसहरूले रोहिङ्ग्यालाई जापानविरुद्ध लड्न हतियार उपलब्ध गराएका थिए, तर उनीहरूले उक्त हतियार जापानविरुद्ध लड्न प्रयोग गरेनन् बरु उक्त हतियार आफ्नै देशका बौद्धमार्गीहरूको हत्यामा प्रयोग गरियो । उनीहरूले त्यसबेला बीस हजारभन्दा बढी बौद्धमार्गीको हत्या गरेका थिए भने हजारौँ महिलामाथि बलात्कार भएको थियो ।

रोहिङ्ग्याहरूले सन् १९४६ मै जिन्नासँग सम्पर्क बनाएका थिए र उनीहरूले म्यानमारको ‘माउ’ क्षेत्रलाई पाकिस्तानमा समावेश गर्न अनुरोध गर्दा जिन्नाले त्यसलाई स्विकार गर्न उचित र आवश्यक ठानेनन् । तर रोहिङ्ग्या लडाकुलाई पाकिस्तानी क्षेत्रमा शैन्य तालिम दिने व्यवस्था भने मिलाइएको थियो ।
सन् १९४६ देखि रोहिङ्ग्या मुसलमानहरूको आतङ्क र ज्यादतिको सामना गर्दै आएका बौद्ध समुदायमा विराथु नामका एक सन्तको उदय भयो । उनले घोषणा गरे– ‘तपाईं जतिसुकै शान्तिप्रिय भए पनि बहुला कुकुरसँग सङ्गै सुत्न सक्नुहुन्न । खतराको घन्टी बजिसकेको छ, आफूलाई बचाउने हो भने बर्माबाट रोहिङ्ग्याहरूको उन्मुलन आवश्यक छ ।’

सन् २००१ मा विराथुले व्यापारमा रोहिङ्ग्यालाई बहिष्कार गर्ने अभियान चलाए, अभियानको नाम राखिएको थियो– ‘९६९’ । जुन पसलमा ९६९ नम्बर टाँगिएको हुन्थ्यो त्यहाँबाट मात्र बौद्धमार्गीहरूले सामान गरिद गर्ने गर्दथे । सन् २०१२ मा रोहिङ्ग्याले एक बौद्ध महिलाको बलात्कारपछि हत्या गरेको घटनालाई लिएर पूरा म्यानमारका बौद्धमार्गीहरू सडकमा ओर्लिए । बौद्धमार्गीहरू समेत यतिबेला हतियार उठाउन बाध्य भएका थिए । त्यसक्रममा सन्त विराथुले भनेका थिए– ‘अल्पसङ्ख्यक बौद्ध युवतीहरूलाई फसाएर रोहिङ्ग्याहरूले विवाह गर्ने, ठूलो सङ्ख्यामा बच्चा पैदा गर्ने र आफ्नो जनसङ्ख्या बढाएर बर्मालाई आफ्नो नियन्त्रणमा लिई बौद्धमार्गीको संहार गर्ने नियत राखेका छन् ।’ उनको यस्तो भनाईले संयुक्त राष्ट्र सङ्घसम्म तरङ्ग पैदा गरेको थियो ।

त्यसबेला संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि याङ्ग लीले म्यानमारको बस्तुस्थिति बुझ्न त्यहाँको भ्रमण गरेका थिए । उनले विराथुको सोच साम्प्रदायिक भएको घोषणा गर्दै विराथुको आलोचना गरे । प्रतिक्रियामा विराथुले भनेका थिए– ‘तपाईंको संयुक्त राष्ट्रसङ्घमा आफ्नो प्रतिष्ठा छ, तर यसको मतलव यो होइन कि तपाईं आफैमा सर्वत्र प्रतिष्ठित हुनुहुन्छ । बर्माका जनता आफ्नो देशको सुरक्षा आफै गर्छन्, तपाईंको सल्लाह आवश्यक छैन ।’

विराथुको यो चुनौतीले उनको चर्चा विश्वव्यापी बनाएको थियो । यस घटनापछि विराथु आफ्नै देशमा निकै लोकप्रिय बने र जनताको साथ उनलाई मिल्यो । जनताको साथ पाएपछि विराथुले रोहिङ्ग्याविरुद्ध विशेष अभियान नै चलाएका थिए ।

म्यानमारलाई विभाजन गर्न हिंसात्मक सङ्घर्ष गरेको र बौद्धमार्गीहरूविरुद्ध हिंसात्मक क्रियाकलाप गरेकोले यतिबेला म्यानमार रोहिङ्ग्याविरुद्ध कठोर बनेको देखिन्छ । मानवीय दृष्टिले हेर्दा जुन दृष्य देखिन्छ, राज्यले आफ्नो पक्षमा हेर्दा त्यस्तै देख्छ भन्ने होइन । म्यानमारले शान्ति र स्थायित्वको लागि कुनै कदम चाल्दा मानवीय पक्षको पनि ख्याल गर्नु उचित हुन्छ, हामीले भन्न सक्ने यति मात्र हो ।
– यादव शर्मा