रामेछाप जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको सातौँ संस्करण अशोजको अन्तिम साताबाट हुने भएको छ । आयोजक लिखु भुजी रामेछाप युवा क्लबले काठमाडौंमा पत्रकार सम्मेलन गरि असोज २० गतेबाट प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।
उमाकुन्ड गाउँपालिका–७ स्थित क्लबको आफ्नै मैदानमा आयोजना हुने प्रतियोगितामा २५ भन्दा बढि टोलीको सहभागीता रहने उपाध्यक्ष मनोज सुनुवारले बताएका छन । ‘टोलीहरूले सहभागीताका लागि सम्पर्क गरीरहेका छन् । प्रतियोगिता अघि मात्रै सहभागिता पक्का हुने सुनुवारले बताए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टोलीले ५२ हजार प्राप्त गर्ने छ । त्यस्तै उपविजेता टोलीले २६ हजार तथा तेस्रो हुने टोलीले १३ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र स्थानियमध्य उदीयमान खेलाडी समेत पुरस्कृत हुने आयोजकले जानकारी दिएको छ ।
१५ लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि उमाकुन्ड गाऊ पालीकाले केही आर्थिक सहयोग गरेको क्लबका सचिव सुदीप सुनुवारले जानकारी दिए । एकसातासम्म चल्ने प्रतियोगिताको उदघाटन उमाकुन्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गर्ने छन् ।
प्रतिक्रिया