इन्डो–नेपाल तेक्वान्दोमा नेपाल च्याम्पियन

इन्डो–नेपाल तेक्वान्दोमा नेपाल च्याम्पियन


इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपालले सर्वाधिक १९ स्वर्ण जितेर च्याम्पियन बनेको हो । स्वर्णका अलावा नेपालले १६ रजत र ४२ कांस्य पनि हात पार्न सफल भएको थियो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय र्मासल आर्ट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारतले ३ स्वर्ण, ६ रजत र २ कांस्य प्राप्त गरेको थियो । प्रतियोगिताको पुरुषमा राज श्रेष्ठ र महिलामा निशा लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

विजेतालाई नेकपा माओवादी केन्द्रका पूर्व खेलकुद इन्चार्ज लीलाबहादुर थापा, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला, महासचिव राजकुमार कार्कीलगायतले पुरस्कार वितरण गरका थिए । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।