मोदीले गरे महत्वाकांक्षी घोषणा

मोदीले गरे महत्वाकांक्षी घोषणा


आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने महत्वाकांक्षी घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । मंगलबार यससम्बन्धी घोषणा गर्दै मोदीले आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने आश्वासन दिए ।

भारतमा बिजुली बत्ती नपाएका ४ करोडभन्दा बढी घरमा अबको १५ महिनाभित्रमा बिजुली पुग्ने योजना भारतीय सरकारले ल्याएको हो । यसका लागि भारत सरकारले साढे दुई अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्रीको यस घोषणालाई कतिपय राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी कार्यक्रम भनी आलोचना सुरु गरेका एजेन्सीहरुले जनाएका छन् । उनीहरुले भारतमा आगामी सन् २०१९ मा अर्थात करिब डेढ बर्षपछि नै नयाँ आम निर्वाचनको समय आएकोले अबको निर्वाचनकै लागि उनले यो चुनावी कार्यक्रम ल्याएको भनेका छन् ।

भारतमा रहेको जम्मा २५ करोड घरधुरीमध्ये अझै पनि ४ करोड घरमा बिजुली छैन र यो कम्तीमा पनि २० प्रतिशत हुन आउँछ ।