– डिल्लीराम अम्माई, बेल्जियम
नेपाल मात्रै नभएर यतिबेला डायस्पोराको नेपाली आकाश समेत एनआरएनमय भएको छ । केन्द्र पुग्ने तरखर को को गर्दै छन्, कुन उम्मेदवार विशेष योग्य छन् वा कुन तुलनात्मक रुपमा कम ? सबैतिर यस्तै बहसहरु छेडिएका छन् । चर्चा परिचर्चा चियाको दोकान मात्र नभएर भट्टी, क्याफे र मनोरञ्जन केन्द्रहरुमा समेत छिरिसकेको छ ।
डीबी कार्की पनि उम्दा नेतृत्वलायक हुन्, कुमार पन्त, जमुना घले वा अन्य कोही पनि हुन सक्छन् । तर यो पटक हामीले हाम्रा चलिरहेका परियोजनाहरुलाई सफल पार्न निरन्तर संघर्षरत र आगामी दुइ वर्षमा भिजनसहित यो संगठनलाई हरतरहले हाँक्न सक्ने ब्यक्ति भवन भट्ट नै हुन् भन्ने अधिकांश एनआरएनहरुको विवेकपुर्ण विश्लेषणलाई मनन गर्नैपर्ने हुन्छ।
अध्यावधि भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दाबारे उनको धारणा अन्य उमेद्वारको भन्दा सरल र स्पष्ट देखिन्छ । त्यसैले आगामी महाधिवेशनमा उनको उमेद्वारिले सामान्यतया संसारभरी र विशेषगरी युरोप र मध्यपूर्वमा हलचल पैदा गरिदिएको छ ।
बेल्जियमका सफल व्यवसायी कृष्ण खतिवडाको भनाइलाई आधार मान्ने हो भने यो अधिवेशनमा उनको विकल्प छैन । उनमा खट्ने कला छ, अग्रजहरुलाई सम्मान गर्न जानेका छन् र नराम्रो प्रवृत्ति, अराजक शैली र संगठनमा व्यक्तिगत फाइदाको मनसाय राख्ने प्रवृत्तिविरुद्ध सम्झौताहीन संघर्ष गर्ने हिम्मत र शैलीले उनि सबैतिर पपुलर छन् ।
उनले एउटा अन्तर्वार्तामा भनेका पनि छन् कि ‘यसपटक धेरै साथीहरुको चाहना म नै अगाडि जानुपर्छ भन्ने रह्यो। र, अध्यक्षका लागि म नै अग्रपंक्तिमा पनि छु कि भन्ने मलार्इ महसुस भएर म अघि बढेको हो । मेरो प्रतिबद्धता छ कि म नेतृत्वमा आउँदा एनसीसी र आइसीसीहरुबीच निकटता अझ बढ्नेछ।एनसिसीहरुका समस्या मैले राम्रोसँग बुझेको छु। अहिलेको नेतृत्वले थालेका लाप्राक नमुना बस्ती, आफ्नै भवन निर्माण, शंखमुल पार्क निर्माणसहितका काम पूरा भएका छैनन् । तिनलाई सम्पन्न गर्दै सबको लगानीमा नयाँ प्रोजेक्ट थालनीसहित, मध्यपूर्वमा महिला उत्पीडन, मानव तस्करी र शोषणविरुध्द संघर्षको साथै गैरआवासीय नेपाली संघलाई गतिशील नेतृत्व दिन मेरो उम्मेदवारी हो। यस विषयमा प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छु ।’
त्यहि अन्तर्वार्ताको क्रममा उनले आफ्ना जितका आधारहरु प्रष्ट पार्दै भनेका छन्- ‘मैले कति योगदान गरें वा गरिन आफै भन्नु भन्दा पनि साथीहरुले महशुस र अग्रजहरुले मुल्यांकन गर्ने कुरा हो । एनआरएनएभित्र मेरो सबै पक्षसँग राम्रो सम्बन्ध छ। त्यही भएरै होला सबै साथीहरुले मलाई उम्मेदवार हुनुपर्छ भन्नुभयो। मैले सबैलाई संथागत रुपमा राम्रो गरेको छु र नै साथीहरुले तपाइँ आउनुस भनेर मलाइ नेतृत्वमा तानी रहेका छन् । मलाइ दृढ विश्वास छ साथीहरूले अहिले मलाइ अध्यक्षको लागि राम्रो सहयोग गर्नुहुन्छ। सबै साथीहरुका लागि अध्यक्षको पपुलरु उम्मेदवार म हुँ जस्तो लाग्छ। र अग्रजहरुको पनि संगठन बुझेको, लगनशील, र सबै किसिमबाट खट्न सक्ने भूबन नेतृत्वमा आए हुनेथियो भन्ने मनशायलाइ मैले सम्मान गर्न चाहन्छु ।’
उनको आशय छकि अबको लगानी प्रोजेक्टमा हजार रुपैयाँदेखि लिएर १०—१५ लाखरुपैयाँसम्म राख्न चाहने साथीहरुलाई समेट्ने समेट्न सकियोस । त्यसले मजदुर भएको हिनताबोधबाट डायस्पोराका साथीहरुलाई उतार्ने छ र मालिक भएको अनुभूति गराउने छ । अर्को कुरा भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्डको बारेमा पनि उनको स्वतन्त्र विश्लेषण र बुझाइ छ । उनि भन्छन, ‘योजना सहितको भिजन संथाको लागि आबस्यक छ । त्यहि आबश्यकताले त्यो आएको हो । भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड प्रस्ताव आफैँमा विवादित होइन त्यसभित्र भएका अन्तर्वस्तु र ल्याउने प्रक्रियालाई लिएर साथीहरुले थोरै बिमति जनाउनु भएको हो। प्रस्तावमाथि दफाबार रुपमा छलफल भएर जाँदा सबै कुरा सुल्झिन्छन् जस्तो लाग्छ। फेरि यो कार्यान्वयनको प्रक्रियामा जाँदा फ्लोरले त्यसलाई पारित, अस्वीकृत वा फेरबदल गर्न सकिहाल्छ। यसलाई म सकेसम्म निरन्तरता दिएरै अघि बढ्नेछु ।’
उनले आफू अध्यक्षको उम्मेदवारी हुने भनेर सोचेदेखि नै वैदेशिक रोजगारीका समस्या पहिचान र तिनको दीगो निराकरणबारे कार्ययोजना बनाइरहेका रहेछन । सम्पूर्ण डायस्पोराका साथीहरुको इन्स्योरेन्स नीति मार्फत उनीहरुको भबिष्य शुरक्षित अपरिहार्य देखेका छन् । यो मध्यपुर्व, कोरिया र मलेशियाका साथीहरुको सन्दर्भमा अझ लाभदायक हुन सक्ने उनको आफ्नै तर्क छ । अहिले पनि सरकारले इन्स्योरेन्स गर्छ तर उनले भन्न खोजेको अलिक फरक कुरा हो। वैदेशिक रोजगारीमा जाने साथीहरु एनआरएनसँग आवद्ध हुने र उनीहरुको इन्स्योरेन्स शुरुमै गर्दिने। उनि भन्छन,’यसो भयो भने एक हजार रुपैयाँ तिर्नुपर्ने प्रिमियिमलाई एक डेढ सयमै आउँदो रहेछ। त्यसको जिम्मेवारी एनआरएन सेक्रेटरिएटले लिएर कार्यान्वयन गर्ने भन्ने मेरो सोच हो। उहाँहरुलाई समस्या पर्नासाथ एनआरएनएमा निवेदन दिनुभयो भने उहाँहरुको इन्स्योरेन्स रकम प्राप्ति प्रक्रिया पनि हामी नै अघि बढाइदिन्छौं भन्ने हो।’
उनको बिश्वास के छ भने सकेसम्म सबै नभए अध्यक्ष अहिले सर्ब सम्मत हुने छ । सर्ब सम्मत संगठन बनाउन सबैको पहल रहोस् भन्ने उनले काठमाडौं उपस्थित भएका सबै प्रतिनिधि र प्रबेक्षकहरुलाई अनुरोध पनि गरेका छन् । उनको मत छ, ‘अहिले संगठन धेरै ठुलो त भएको छ तर पर्सिक्षित कार्यकर्ताहरुको कमि छ, संगठनलाइ हृदयदेखिनै माया गर्नेहरु, रगत पसिना बगाएकाहरु थोरै नै छौ । त्यो अवस्थामा सहमतीय समिति बदलियो भने संगठनमा विभाजनको मानसिकता बनाउनेहरु पनि निरुत्साहित हुन्छन् । त्यहि भावनाको महसुसले गर्दा केही अगाडिसम्म अध्यक्षमा तीन आकांक्षी देखिए पनि अहिले आएर म र डीबी कार्किजी अघिल्लो रोमा देखिएका छौ, त्यो पनि सहमतीय पहलबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुने प्रक्रियामा छैन भन्न मिल्दैन। र अन्तिम समयसम्म पनि सर्वसम्मतिबाट अघि बढ्नुपर्छ भन्ने मेरो पहल हुनेछ। यदि सर्वसम्मत नभएको अवस्थामा म प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने मान्छे हुँ। यसलाई मैले त्यति ठूलो विषय ठानेको छैन। स्वस्थ प्रतिस्पर्धाका लागि चुनाबमा जान म सधैँ तयार छु। नेतृत्व चयनका लागि यो एउटा सामान्य प्रक्रिया हामीले पूरा गर्नैपर्छ।’
प्रतिक्रिया