कनकाईमा अज्ञात रोगको प्रकोप

कनकाईमा अज्ञात रोगको प्रकोप


अज्ञात रोगका कारण झापाको कनकाई नगरपालिका वडा नंम्बर–४ मा दुई जनाको मृत्यु भएको छ भने ७ जना बिरामी छन् ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–४ टेक्राका २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव छन् ।

बिरामी परेका अन्यलाई आइतबार उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पु¥याइएको बताइएको छ ।

कनकाई नगरपालिका प्रमुखले जानकारी दिएअनुसार अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको बान्ता आउने समस्या देखापरेको छ । दशैंका बेला रोग फैलिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् ।