अमेरिका गोलीकाण्ड : कम्तीमा २० को मृत्यु

 अमेरिका गोलीकाण्ड : कम्तीमा २० को मृत्यु


अमेरिकाको लास भेगसको एउटा सांगीतिक कार्यक्रममा एक बन्दुकधारीले गोली चलाउँदा मृत्यु हुने मानिसको संख्या कम्तीमा २० पुगेको छ।

१ सयजना भन्दा बढी घाइते भएको बताइएको छ। प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताएपनि उसको नाम खुलाइएको छैन।

उक्त आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्। विविसिका अनुसार, बन्दुकधारीसँगै रहेकी भनिएकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ।

ती केटी साथीको नाम मारिलउ ड्यानले भएको बताइएको छ। बन्दुकधारीले म्यान्डले बे होटल तथा कसिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ।