आंशिक प्राध्यापकहरु आन्दोलनमै

आंशिक प्राध्यापकहरु आन्दोलनमै


आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने माग राखेर अनसनमा उत्रिएका आंशिक प्राध्यापक संघमा आबद्ध प्राध्यापकहरुले दशैँको टीका समेत नलगाई अनशन र धर्ना जारी राखेका छन् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा. महेश गजुरेल ६ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोकाअगाडि आमरण अनशनमा छन् भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् ।

संघका सहअध्यक्ष ठमिन्द्र खतिवडाकाअनुसार आफूहरु दशैैँमा घर नगएको र टीका बहिष्कार गर्न बाध्य भएको बताउनुभयो । त्रिविमातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४ सय २० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

उहाँले सरकार र त्रिवि नेतृत्वसँग माग पूरा गराउने विषयमा अनौपचारिक कुराकानी भएको जानकारी दिँदै राससलाई जानकारी दिएअनुसार डा. गजुरेलेको पिसाबमा खराबी र उच्च रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको छ । यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएको भन्दै डा. गजुरेल आमरण अनशनमा बस्नुभएको हो ।