दक्षिणपन्थी आत्मसमर्पणवाद विरुद्ध जुट्न किराँतीको आह्वान

दक्षिणपन्थी आत्मसमर्पणवाद विरुद्ध जुट्न किराँतीको आह्वान


माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टी अध्यक्ष प्रचण्डले एमालेमा सिंगो पार्टीनै विलय गराउन खोजेको भन्दै दक्षिणपन्थी आत्मसमर्पणवाद विरुद्ध जुट्न आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन् ।

सामाजिक संजालमा आफ्नो प्रतिक्रिया जनाउँदै किराँतीले माओवादी केन्द्र र एमाले बीच एकता गर्ने र एमालेको घाम चिन्हमा चुनाव लड्नु पर्ने क. प्रचण्डको प्रस्ताव नेपालको आन्तरिक राष्ट्रियता (पहिचान) विरोधी भएको समेत उल्लेख गरेका छन् ।

प्रचण्डको उक्त कार्य मार्क्सबाद, लेनिनबाद, माओबाद विरोधी भएको समेत किराँतीको ठम्याई छ उनले अघि थपेका छन्,‘यो कथित एकता वस्तुतः एमालेमा माओवादीको विलय हो ।’

उनले दक्षिणपन्थी आत्मासमर्पणबाद विरुद्ध एक हुन क्रान्तिकारीहरुलाई आह्वान समेत गरेका छन् ।


सोमबार बसेको माओवादी सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय आफूहरुलाई मान्य नहुने भन्दै सचिवालय सदस्यहरु मातृका यादव, प्रभु शाह, मणि थापा र गोपाल किरातीले नोट अफ डिसेन्ट लेखेका थिए ।

यी चारै नेताले एमालेसँग समबन्ध बढाउन नहुने पार्टी अध्यक्षलाई सुझाएका थिए ।

पार्टीले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उनीहरुले माओवादीले बोकेको सिद्धान्त र जनयुद्धको मनोभावनालाई मार्न नहुने बताएका थिए ।