भक्तपुर जिल्ला बचत संघको विशेष साधारणसभा हुदै

भक्तपुर जिल्ला बचत संघको विशेष साधारणसभा हुदै


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको विशेष साधारण सभा सिद्धीगणेश तालिम हल भक्तपुर जगातीमा हुने भएको छ ।

सो सभाले संघको नाममा जग्गा खरिद गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको संघका सञ्चालक रामेश्वर चौलागाईले जानकारी गराउनु भयो । सो संघको विशेष साधारण सभा असोज २० गते शुक्रबार विहान ७ बजेर ३० मिनेटबाट सुरु हुने सञ्चालक चौलागाईले बताउनु भएकोछ ।