कार्की जावलाखेलदेखि सिन्धुलीगढीसम्म दौडने

कार्की जावलाखेलदेखि सिन्धुलीगढीसम्म दौडने


धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन् । १ सय ३५ किलोमिटर दूरीको दौड कार्कीले कात्तिक २३ गते सुरु गर्नेछन् । कार्कीले यो रुटमा दौड्न लागेको दोश्रो पटक हो । यसअघि पनि कार्कीले यो रुटमा सफलताका साथ दौड पुरा गरिसकेका छन ।

नेपालका ७५ वटै जिल्लामा दौडिएर किर्तिमान कायम गरेका कार्कीले भारत र भुटानका केहि भागमा समेत दौडिसकेका छन । कार्कीका अनुसार उनले दौडका क्रममा अहिलेसम्म करिब १५ हजार किलो मिटर दुरी पार गरिसकेका छन । सप्तरीका बाढी पीडित मुसहर बस्तीको घर निर्माणमा सहयोग जुटाउने उद्देश्यले कार्की जावलाखेल देखि सिन्धुलीसम्म दौड्न लागेको जानकारी प्राप्त भएको छ ।