गौशलाको कैलाश डाँडामा चंङ्गा चेट

गौशलाको कैलाश डाँडामा चंङ्गा चेट


बडा दसैँको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका –वडा नम्बर ८ इकाइको अयोजनामा भएको उक्त प्रतियोगिता गौशालास्थित कैलाश डाँडामा आयोजना भएको थियो ।

प्रतियोगितामा विकास श्रेष्ठ दोस्रोमा र समर्पन दवाडी तेस्रो स्थानमा भएका थिए । च्याम्पियन विप्लपले नगद ८ हजार, दोस्रो भएका विकासले ५ हजार र समर्पनले २ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक हरिओम बैद्यले बताए ।

विजेता खेलाडीलाई प्रमुख अतिथि कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठ, कामपा वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोल, तरुण दलका पूर्वअध्यक्ष राधा घले, वरिष्ठ समाजसेवी नोरोत्तम बैद्य, कमपा–८का इकाई सभापति आशामन डंगोल र तेक्वान्दो प्रशिक्षक कविराज नेगी लगायतले पुरस्कृत गरेका थिए ।

प्रमुख अतिथि राजु श्रेष्ठले दसैँको अवसरमा चंगा उडाउने देशको संस्कृति लोप हुँदै गएकोमा यस्तो खालको कार्यक्रमले संस्कृति संरक्षणमा ठूलो टेवा पुग्ने बताए । सो अवसरमा सहभागीता हुने सबैलाई धन्यवाद दिदै श्रेष्ठले खेलका लागि मात्र नभै देशको संस्कृित संरक्षणमा समेत योगदान पु¥याएको बताएका थिए ।
प्रतियोगितामा कुल ३८ खेलाडीको सहभागिता रहेको थियो ।