कोमामा पुगेको १३ औं सागलाई व्युँताउने प्रयास

कोमामा पुगेको १३ औं सागलाई व्युँताउने प्रयास


मन्त्री केसीको अध्यक्षतामा १३ औं साग समिति गठन

–श्रीविक्रम भण्डारी

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीको अध्यक्षता सात सदस्यीय १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तयारी समिति गठन भएको छ ।

 उक्त सात सदस्यीय समितिमा दावा गुरुङ्ग (मनाङ), विजयकुमार बस्नेत राज (काठमाण्डौं), लिलेन्द्र प्रधान (काठमाण्डौं), हरिश्वर पोखरेल (तनहुँ), देवनारायण चौधरी (सप्तरी), विज्ञानराज शर्मा (काठमाण्डौं) र टासी घले (मनाङ) रहेका छन ।

यसअघि पूर्वमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा साग तयारी समितिको गठन भएको थियो । जस्को एउटै वैठक बस्न सकेन ।

जस्लेगर्दा साग आयोजना सम्वन्धि कुनै कार्य अगाडि बढ्न सकेन ।  केसीको अध्यक्षता साग तयारी समिति गठन भएपछि अव उपसमितिहरुको टुङ्गो पनि तिहार अगाडि लाग्ने स्रोतले जानकारी गराएको छ । उपसमितिको गठनसंगै सागको आयोजना तिव्र हुने मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

१३ औं साग आगमी वर्ष काठमाण्डौंमा आयोजना हुँदैछ । तर अहिलेसम्म १३ औं सागको लागि सरकारले कुनै चासो देखाएको छैन ।

सागको लागि अहिलेसम्म बजेट विनियोजन समेत गरेको छैन । यस्तो अवस्थामा साग तयारी समितिको गठन हुनु शुभ संकेत भएपनि विश्वास गर्ने बेलाचाहिँ भैसकेको छैन । नेपालमा आयोजना हुने १३ औं साग अहिले पनि कोमा छ भन्दा अतिसयोक्ति नहोला ।