डेढ सय बढि निर्वाचन अधिकृत नियुक्त (सुचिसहित)

डेढ सय बढि निर्वाचन अधिकृत नियुक्त (सुचिसहित)


निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि डेढसय बढि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले निर्वाचनका निम्ति १ सय ६५ निर्वाचन अधिकृत नियुक्त गरेको हो । हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी आयोगले मुख्य निर्वाचन अधिकृत समेत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै जगेडा अधिकृतको रुपमा अन्य नौ अधिकृतलाई पनि नियुक्त गरिएको आयोगले जनाएको छ । आगामी २४ र २५ गतेको तालिम पश्चात मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत आफ्नो क्षेत्रमा खटिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यता आयोगका अनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम तीब्र गतिमा हिजोबाट सुरु गरिएको छ ।

.आयोगका अनुसार, मतपत्र छाप्न जनक शिक्षाले ७ वटा मेसिनको प्रयोग गरिएको छ भने प्रतिदिन ८ लाख ५० हजारको हाराहारीमा मतपत्र छाप्ने गरी जनक शिक्षा सामाग्री केन्द्रले जिम्मा दिइएको छ ।

आसन्न संघ र प्रदेशसभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता सहभागी हुनेछन् । आयोगले कुल मतदाताको २० प्रतिशत बढि मतपत्र छाप्ने तयारी जनाएको छ । यसैबीच आयोगले चुनावी तयारीलाई तीव्र बनाउँदै मतदाता शिक्षालाई समेत अघि बढाउने तयारी गरेको छ ।

[pdf-embedder url=”https://ghatanarabichar.com/wp-content/uploads/2017/10/suchana07617.pdf”]