नेप्सेको प्रमुख कार्यकारीमा तीन जनाको नाम सिफारिस

नेप्सेको प्रमुख कार्यकारीमा तीन जनाको नाम सिफारिस


नेपाल स्टक एक्स्चेञ्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि ३ जनाको नाम सिफारीस गरिएको छ । अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले नेप्सेको प्रमुख कार्यकारीका लागि सरकारलाई तीन जनाको नाम सिफरिस गरेको हो । योसँगै प्रमुख कार्यकारी छनौटको विवाद अर्को चरणमा प्रवेश गरेको छ ।

सो पदमा चन्द्र साउद, मनोज ज्ञवाली र प्राध्यापक प्रमोद शर्माको नाम सिफारिस गर्ने निर्णय भएको वित्तीय व्यवस्थापन विभागले जनाएको छ । यस अघि १३ जना मध्येबाट चन्द्र साउद, मनोज ज्ञवाली, प्रविन पन्दाक, प्रमोद शर्मा र सिताराम थपलिया सर्ट लिस्टमा परेका थिए ।

नेप्सेमा महाप्रबन्धक नियुक्तिका लागि १३ जनाले आबेदन दिएका थिए । जसबाट छनौट भएका शर्ट लिष्टमा परेका पाँच जनाको योजना प्रस्तृति र अन्तर्वार्ताबाट तीन जनाको छनौट गरिएको हो । अर्कोतर्फ सो सिफारीससंगै सक्षम व्यक्तिलाई पाखा लगाएर क्षमता नभएका व्यक्तिलाई सेयर बजारको नेतृत्व हस्तान्तरण गर्न लागिएको भन्दै चौतर्फी बिरोधाभाष छाउन थालेको छ । केही समय अघि नै तीन जनाको सूची तयार भैसकेको भए पनि बुधबार सुचना बाहिरिए पछि यस सम्बन्धमा खैलाबैला सुरु भएको थियो ।

मन्त्रिपरिषदको बैठकले उल्लेखित तीन मध्ये एकलाई नेप्सेको नेतृत्व जिम्मा लगाउने निर्णय गर्नेछ । गत असारदेखि नेप्से नेतृत्वविहीन अवस्थामा छ ।