सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै


दीपावलीको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ स्थित नवलपुरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ । नवलपुर युनाइटेड क्लबको आयोजनामा प्रथम जिल्लास्तरीय फुटबल टुर्नामेन्ट आयोजना हुन लागेको हो ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुन लागेको आयोजक युनाइटेड क्लबले जनाएको छ । आयोजककाअनुसार प्रतियोगितामा प्रथम हुनेले एक लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

क्लबका अध्यक्ष चीन लामाकाअनुसार जिल्लाका युवाहरुलाई खेलकुदमा अग्रसर गराउन प्रतियोगिताको आयोजना गरिएको हो । खेल यही असोज २५ गतेदेखि सुरु हुनेछ । खेलको फाइनल भने लक्ष्मीपूजाका दिन हुने आयोजकले जनाएको छ ।

खेलमा प्रथम हुने टिमलाई नगदसहित मेडल, कप, र प्रमाण पत्र दोस्रोलाई ९९ हजार नगदसहित मेडल, कप र प्रमाणपत्र र तेस्रो हुने टिमलाइ ५१ हजार नगदसहित मेडल, कप र प्रमाणपत्र बितरण गर्ने आयोजकले जनाएको छ ।

जिल्लामा भएका खेलाडीहरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामा बताउँछन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी लाई १५ हजार नगद सर्वाधक गोलकर्तालाई १५ हजार, बेस्ट किपर १० हजार र बेस्ट डिफेन्डर लाई १० हजार नगदले सम्मान गरिने भएको छ ।

यसअघि पनि क्लबले सोनाम लोसारको अवसर पारी प्रथम क्षेत्रीय डब्लुटिएफ टुनामेन्ट र दशैको अबसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।