नीजि क्षेत्रले उठाउदै आएको पर्यटन राजस्व सरकाले उठाउने

नीजि क्षेत्रले उठाउदै आएको पर्यटन राजस्व सरकाले उठाउने


पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले उठाउने भएको छ ।सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो । पछि १२ वटामा सिमित रहेको थियो । १२ वटा सरकारले दिएको र १५ वटा अन्य पिक गरी जम्मा २७ वटा पिकको रा जश्व एनएमएले उठाउँदै आएको थियो । यसबाट वार्षिक ६ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले यही असोज १ गतेदेखि १२ वटा पिकको राजश्व उठाउने भएको छ । सो राजस्व संकलन गर्न मन्त्रिपरिषद्को निर्णयपछि कार्यान्वयन हुने मन्त्रालयका अधिकारी बताउँछन् । अर्थ मन्त्रालय र कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सहमति लिएर मात्रै मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले एनएमए पिकका सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको र एक दुई दिनभित्रै यसको टुंगो लाग्ने बताएका छन् ।

प्रत्येक पाँच वर्षमा नवीकरण हुँदै आएको पिक शुरुको वर्ष निवेदन दिएको १५ दिनमा र दोस्रो पटक तीन महिनामा नवीकरण भएको थियो । पछिल्लो समय एक महिनाअघि नै निवेदन दिए पनि अहिलेसम्म नवीकरण भएको छैन । नवीकरण नभए पनि पर्यटन विभागले राजश्व उठाउने छ ।

सन् २०१४ मा सरकारले (५,८००) मिटरभन्दा कमका पिकलाई पर्मिट लिन नपर्ने निर्णय गरेको थियो । (५,८००) मिटर माथिका (६,५००) मिटरसम्मका अग्ला चुचुरो पिकमा गणना हुन्छ । एनएमएका २७ वटा पिकमध्ये दुईवटा (६,५००) मिटरभन्दा अग्ला छन् भने अन्य २५ वटा (६,५००) मिटरमुनिका पिक रहेका छन् ।