कांग्रेससँग तालमेल गर्न ३३ दल सहमत

कांग्रेससँग तालमेल गर्न ३३ दल सहमत


कांग्रेससँग तालमेल गर्न ३३ दल सहमत भएका छन् । वृहत लोकतान्त्रिक गठबन्धनको तयारीमा जुटेको नेपाली कांग्रेस र ३३ दलीय राष्ट्रिय मोर्चाबीच तालमेलको समझदारी भएको हो ।

पूर्वमन्त्री एनपी साउद र ३३ दलीय मोर्चाबीच आइतबार चुनावी तालमेलका विषयमा समझदारी भएको छ ।

३३ दलीय मोर्चाका तर्फबाट विक्रम कुँवर, विक्रमबहादुर बम, सिद्धार्थ अधिकारी, सुष्मा बडाल, घनेन्द्रबहादुर बस्नेत, आरजु थापा श्रेष्ठ, हु्कुमबहादुर थापा, बद्रिनारायण ठाकुर, गोवद्र्धन दास, भैरवबहादुर कार्कीको नाममा हस्ताक्षर छ । यद्यपि ती कुन पार्टीका प्रतिनिधि हुन् भनेर खुलाइएको छैन ।

एमाले–माओवादी केन्द्र तालमेल र एकीकरणको दिशामा अघि बढेपछि कांग्रेस वृहत लोकतान्त्रिक गठबन्धनमा जुटेको छ । कांग्रेससँग ३३ दल तालमेल गर्न सहमत भएसँगै वाम गठबन्धलाई धक्का पुग्ने देखिन्छ ।