गोपाल खड्कालाई हटाउने सरकारी निर्णय विरुद्ध अन्तरिम आदेश

गोपाल खड्कालाई हटाउने सरकारी निर्णय विरुद्ध अन्तरिम आदेश


सर्वोच्च अदालतले नेपाल आयल निगमका महाप्रबन्धक गोपालबहादुर खड्कालाई हटाउन सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

निगमकालागि आवश्यक जमिन खरिद गर्दा अनियमितता र भ्रष्ट्राचार गरेको आरोप लगाउँदै नागरिक दैनिकले निरन्तर समाचार प्रकाशित गरेपछि असोज २ गते मन्त्रिपरिषदको निर्णयवाट खड्कालाई पदमुक्त गरेको थियो ।

त्यसअघि संसदको सुशासन समितिले खड्कालाई कारवाही गर्न सम्वन्धित निकायलाई निर्देशन गरेको भएपनि निजलाई बर्खास्त गर्ने निर्देशन समितिले दिएकोे थिएन ।

मन्त्री परिषदले बर्खास्त गर्ने निर्णय गर्नुंअघि खड्कालाई सफाईको मौका समेत दिएको थिएन ।

त्यसपछि सरकारको निर्णय बिरुद्ध गोपाल खड्का सर्वोच्च अदालत पुगेकाथिए । सर्वोच्च अदालत न्यायाधिस पुरुषोत्तम भण्डारीको एकल इजलासले आज आइतवार ( असोज २२ गते ) ब्यक्तिलाई सफाईको मौका समेत नदिई बर्खास्त गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भन्दै सरकारको निर्णय यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

अदालतको आदेशपछि गोपाल खड्का अव नियमित काममा फर्कन पाउने भएका छन ।