कम्युनिस्ट ‘एकता’ भएको एकसाता नवित्दै भाजपा नेता काठमाडौंमा

कम्युनिस्ट ‘एकता’ भएको एकसाता नवित्दै भाजपा नेता काठमाडौंमा


भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोशीयारीको नेपाल आगमन भएको छ । दुई प्रमुख कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादीवीच सहकार्य र पार्टी एकता घोषणा भएको साता दिन नवित्दै आज आइतवार उहाँ नेपाल ओर्लिनु भएको हो ।

कोशीयारीले विभिन्न राजनीतिक दलका नेताहरु तथा बुद्धिजीवी एवम् विश्लेषकहरुसंग भेटी उत्पन्न राजनीतिक परिस्थितिवारे परामर्श शुरु गर्नु भएको छ ।

परामर्शका क्रममा उहाँले नेपालमा तेस्रो देशको गतिविधि बढेको बारे चासो राख्दै नेपाल हिन्दु राष्ट्र बन्ने दिशामा अघि नबढनुको कारण बारे पनि जिज्ञासा राख्नु भएको छ ।  उहाँको भ्रमण अनेकौं अर्थमा महत्वपूर्ण हुने अनुमान गरिएको छ । स्रोतका अनुसार नेपाल–भारत प्रवुद्ध समुहको बैठकमा भाग लिन उहाँ नेपाल आउनु भएको हो ।