राजधानीबाट लागुऔषध सहित ६ जना नियन्त्रणमा

राजधानीबाट लागुऔषध सहित ६ जना नियन्त्रणमा


महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका स्थित अनामनगर र शंखमुलबाट लागुऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले लागुऔषध डाईजोपाम ५१ थान, नोफिन ३८ थान, फेनरागन ४२ थान, पात्गासिट १२ थान, सिरिन्ज ३ थान सहित सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर बेलटार गाउँपालीका १ घर भई काठमाडौं बानियाटार बस्ने वर्ष २२ को बिक्रम राई, ललितपुर, सातदोबाटो बस्ने वर्ष २१ को मनोज महर्जन, लमजुङ घर भई काठमाण्डौ नयाबनेश्वर बस्ने वर्ष २३ को सुर्य बि.क, भारत बिहार पटना घर भई काठमाडौं नयाँ बानेश्वर बस्ने वर्ष २५ को महित सिन्हा, कैलाली, गोदवारी नगरपालिका–३ घर भई काठमाडौं, शंखमुल बस्ने वर्ष २४ को बम कुवर, सिन्धुली, माडी घर भई काठमाडौं, नयाँबानेश्वर बस्ने वर्ष २३ को पुकार गिरी रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।