सिलवालले दिएको राजीनामा स्वीकृत

सिलवालले दिएको राजीनामा स्वीकृत


नेपाल प्रहरीको डीआईजीबाट नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ ।

सिलवालले प्रहरी प्रमुख बन्न पाउँनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा लामो समयसम्म स्वीकृत भएको थिएन ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले बताएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले समेत सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरे । ।

सिलवाल आफूले दिएको राजीनामा स्वीकृत नभएकै अवस्थामा गत शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।