निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या


अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि गोली प्रहार गरि हत्या गरेको छ ।

डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनमाथि अज्ञात समूहले नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा गोली हानि हत्या गरेको हो ।

गोली हानेपश्चात घाइते गौचनलाई सिभिल अस्पताल लगिएको थियो । बानेश्वर प्रहरीका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा गाडीमा सवार भएर गौचन घरतर्फ फर्कदै थिए । उनको घर घटनास्थलबाट नजिकै रहेको छ ।

गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए ।

लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि दुईवटा गोली प्रहार गरेका थिए । गौचनको छाती र कोखामा गोली लागेको बताइएको छ । गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए ।