‘तनाशाह ढाल्न लोकतान्त्रिक अभ्यास उपयुक्त’

‘तनाशाह ढाल्न लोकतान्त्रिक अभ्यास उपयुक्त’


  • श्रीविक्रम भण्डारी

नेपाल तेक्वान्दो संघको महासचिवमा अर्जुन विकले उम्मेद्वारी दिएका छन् । विकको उम्मेदवारीसंगै तेक्वान्दो संघको निर्वाचनको माहोल पनि तातेको छ ।

विकले सवैलाई आश्चर्य चकितपार्दै महासचिवमा उम्मेदवारी दिएका हुन । विकले महासचिवमा उम्मेदवारी दिएपछि तेक्वान्दो नौंलो गुटको जन्मभएको छ । उक्त गुटले तानाशाह ढाल्न लोकतान्त्रिक अभ्यास नै उपयुक्त भएको निस्कर्ष निकालेको छ ।

अवविकको प्रतिस्पर्धा तेक्वान्दो संघमा चार दसकदेखि एकलौटी राजगर्दै तानाशाहीचलाउँदै आएका बर्तमान महासचिव दीपराज गुरुङसंग हुनेछ ।

गुरुङ निकट मानिने विकले किनअहिले आफ्नै गुरुको विरुद्धमा उम्मेदवारी दिए, त्यो रहस्यमय बनेको छ । यसअघिका चुनावमा गुरुङ सर्वसम्मतवाट निर्वार्चित हुँदै आएका थिए ।

यो भन्दाअघि तेक्वान्दोमा गुरुङलाई कसैले चुनौंतिदिने आँट गरेको थिएन । विकले महासचिवमा चुनौंति दिएपछि अहिले उनको शाहसको सवैले प्रशंसा गरेका छन । विकको उम्मेदवारीले तेक्वान्दो निर्वाचनलाई अर्थपूर्ण रुपमापनि हेरिएको छ ।

विकलाई महासचिवमा उठाउन तेक्वान्दोको ठूलै गुट सक्रिय रहेको जानकारीमा आएको छ । गुरुङको अन्याय अत्याचार र दमनको विरुद्धमा विकलाई खडा गरिएको सुनिनमाआएको छ । यसको परिणाम चुनावले देखाउने ।

महासचिवमा उम्मेदवारी दिएका विकसंग सम्पर्क गर्दा उनले आफुले समग्र तेक्वान्दोको विकास र हितकोलागि उम्मेदवारी दिएको बताएका छन ।

कुनै पदको लोभमाबार्गेनिङ गर्नकालागि महासचिवमा उम्मेदवारी दिनु भएको त होइन, भन्ने प्रश्नमा विकले मेरो एउटै भोट आएपनि उम्मेदवारी फिर्ता नलिने बताएका छन । निर्वाचन हो हारजित हुन्छ, मैदानमा उत्रिसके अव पछि हटदैन विकले भने ।

नेपाल तेक्वान्दो संघको केन्द्रीय समितिको निर्वाचन यहिअसोज २८ गते बाराको सिमरामा हुँदैन ।