कुरान जलाएको बदलामा आत्मघाती बम

कुरान जलाएको बदलामा आत्मघाती बम


लण्डन । हिजो सोमवार अफगानिस्तानको बग्राम विमान स्थलको मुख्य प्रवेशद्वारमा एक जना तालेबानी आत्मघातीले बम विष्फोटन् गरेका छन् । गत महिना अमेरिकी सेना द्वारा कुरान जलाएको बदला लिनको लागि त्यो आत्मघाती विष्फोटन् गरेको कुरा समाचारमा जनाएको छ । काबुलको उत्तरमा अवस्थित विमान स्थलमा विष्फोटन् भएको बमबाट आत्मघाती स्वयम् क्षतविक्षत् हुनुको साथै अन्य २ जना सर्वसाधारणको मृत्यु र २ जना गम्भीर रुपमा घाइते भएको कुरा अफगानी अन्तरिम मन्त्रालयका एक जना प्रवक्ता सदिक सिद्धिकीले बताएका छन् । एक जना तालीबानी प्रवक्ताका अनुसार कुरान जलाएको घट्नाको कारण बदला लिने अभियानको क्रममा अहिलेसम्म १२ जना अमेरिकी सेना तथा विशेष फौजीदस्ताका सदस्यहरु मारिएको कुरा बताएका छन् । एकजना अफगानी अधिकारीका अनुसार हिजोको आक्रमणबाट कुनै पनि अन्तरिम सुरक्षा दस्ताका सदस्यहरु नमरेको कुरा भनेका छन् तर नेटोसंग आबद्ध २ जना सेनाहरु घाइते भएको कुरा पुष्टि गरेका छन् ।
तालेबानीहरुले बेलाबेलामा युद्धमा पचहत्तर प्रतिशत सिभिलियनहरुलाई अन्तरिम सुरक्षादस्ताले मारेको आरोप लगाउँदै आएको छ । कुरान जलाएको घटनापश्चात अहिलेसम्म सर्वसाधरण सबै मिलाएर ४० जना जतिलाई तालेबानहरुले हत्या गरिसकेका छन् र सयौ मानिसहरु घाइते भएका छन् । मृत्यु हुनेहरुमा अमेरिकी सेनाका जवानहरु पनि छन् । अमेरिकी अधिकारीहरुले कुरान जलाएको घट्नाचाँहि भुलवश सेनाले अरु पृथकतावादीहरु सम्बन्धित दस्तावेजहरु जलाउँदा जल्न पुगेको कुरा बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समकक्षी अफगानी राष्ट्रपति हामिद करजाईसँग यस घटनाको लागि माफी मागेका थिए । श्रोत – सीएनएन, सुमल, मेस ।