तत्काल हत्यारा सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी

तत्काल हत्यारा सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी


निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने निर्माण व्यवसायी महासंघले चेतावनी दिएका छ ।

मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका महासचिव रामशरण देउजाले बुधबारसाँझसम्म सरकारले आफ्ना मागहरू पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरू ठप्प पार्ने चेतावनी दिए ।

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोनहरू आइरहेको कारण महासंघका अन्य पदाधिकारीहरू पनि असुरक्षित रहेको उनले जानकरी दिए ।

सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गरे। उनले भने, ‘सरकारले हत्याराको खोजीलाई तिव्रता दिएको छ । यसको प्रतिफल छिट्टै आउने हामीले आशा गरेका छौँ ।’

हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको अध्यक्ष गौचनको शव नबुझ्ने समते उनले चेतावनी दिए ।

उनले यो घटना राजनीतिक नभई आर्थिक लेनदेनको कारण भएको हुन सक्ने अध्यक्षको हत्या पश्चात आफ्नो कमिटीका विभिन्न पदाधिकारीलाई आएको फोनका साथै प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको बताए ।