अपाङ्ग बालबालिकालाई सहयोग

अपाङ्ग बालबालिकालाई सहयोग


किसन जी भेट्रान कप फुटबल प्रतियोगिताका सर्वोकृष्ट खेलाडीद्वय कुमार थापा र राजेन्द्र थापाले अपाङ्ग बालबालिकालाई सहयोग गरेका छन् ।

उनीहरुले सर्वोकृष्ट खेलाडी भएबाफत प्राप्त पाँच, पाँच हजार अपाङ्ग बालबालिकाको खेलकुदको विकासको लागि प्रदान गरेका हुन ।

उक्त रकम बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पालाई हस्तान्तरण गरिएको थियो । सो संस्थाले २७ जना बालबालिकालाई अध्ययन, बसोबास, खानपनिको निशुल्क व्यवस्था गर्दै आएको छ ।

यो संस्थाले निकट भविष्यमै अपाङ्गहरुको खेलमहोत्सव गर्न लागेको जानकारी गराएको छ ।

सो हस्तान्तरण कार्यक्रममा हिमालयन क्लबका क्याप्टेन नविन पाण्डे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्री भट्टराई, राष्ट्रिय ह्याण्डबल खेलाडी आशिस अधिकारी लगायतको उपस्थिति रहेको थियो ।