ब्याडमिन्टन खेलाडीको वरीयता सार्वजनिक

ब्याडमिन्टन खेलाडीको वरीयता सार्वजनिक


नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार खेलाडीको वरीयता निर्धारण गरिएको ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए ।

शीर्ष आठमा पर्न सफलमा विभागीय टोलीका खेलाडीको बाहुल्य रहेको छ । पुरुषमा नेपाल आर्मीका रत्नजित तामाङ १७ हजार ४ सय र महिलातर्फ आर्मीकी नङशल तामाङ ११ हजार ६ सय ४० अंकसाथ शीर्ष स्थानमा रहेका छन् ।

पुरुषमा नेपाल प्रहरी क्लबका दीपेश धामी १२ हजार ६ सय ३५, भोजपुरका विकास श्रेष्ठ (१२ हजार ५०), नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार (११ हजार ६ सय ४५), प्रहरीका विष्णु कटुवाल (१० हजार ५ सय १५), एपीएफका सुदीप सेढाईं (९ हजार ३ सय २५), कैलालीका सन्जिव खड्का (८ हजार ६ सय ५५) र प्रहरीका दीपक बोहरा (८ हजार २ सय ६५) क्रमशः दोश्रोदेखि आठौं स्थानमा छन् ।

त्यस्तै महिलामा आर्मीकात्रय अमिता गिरी (६ हजार ६ सय ७०) दोश्रो, सरादेवी तामाङ (६ हजार १ सय ४०) तेश्रो र अनुमाया राई (४ हजार ८ सय ५) चौथो, एपीएफकी शिक्षा श्रेष्ठ (४ हजार ६ सय ५०) पाँचौं, कास्कीकी पुनम गुरुङ (४ हजार १ सय ५०) छैटौं, एपीएफकी शोभा गौचन (३ हजार ७ सय ४५) सातौं तथा जेस्त ब्याडमिन्टन क्लबकी सुनैना मुखियाँ (३ हजार ४ सय ५५) आठौं स्थानमा छन् ।

राष्ट्रिय प्रतियोगिता तथा ब्याडमिन्टन संघले मान्यता दिएको ‘क’ श्रेणीको प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको सचिव शाहले जानकारी गराएका छन् ।