एन्फाको निर्वाचनः फुटबलमा रगत पसिना बगाउनेहरुलाई शुभअवसर

एन्फाको निर्वाचनः फुटबलमा रगत पसिना बगाउनेहरुलाई शुभअवसर


  • श्रीविक्रम भण्डारी

लामो समय निरंकुशताको जालोमा अखिल नेपाल फुटबल संघ (एन्फा) लपेटिएको थियो । मुलुकमा लोकतन्त्रको स्थापना भैसक्दा पनि एन्फाभित्र लोकतन्त्रको छिर्नै पाएको थिएन् ।

अहिले समय परिवर्तन भएको छ, तानाशाहको वहिर्गमन भैसकेको छ । त्यसको छनक एन्फाले आफ्नो विशेष साधारणसभामा देखिएको छ । जस्ले फुटबलमा रगत पसिना बगाएकाहरुलाई एन्फाभित्र प्रबेश गर्ने शुभ अवसर प्राप्त भएको छ ।

अखिल नेपाल फुटबल संघको हालै वसेको विशेष साधारणसभाले विधान संशोधन गर्दै निर्वाचनको मिति तोकेको छ । उक्त विशेष साधारणसभाले आगामी पुष ८ गते एन्फाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

विधान संशोधनसंगै पुष ८ गते एन्फाको निर्वाचन हुनेछ । उम्मेरवारीका हिसावले यो निर्वाचन अलि सरल भएको छ । यसअधिका निर्वाचनमा अन्य व्यक्तिलाई एन्फामा प्रवेश निषेध गर्न निकै जटिल व्यवस्था गरिएको थियो । उम्मेरवारीवाट बन्चित गराउन एन्फाले यस्तो रणनिति अपनाएको थियो ।

अव पाँच वर्ष फुटबलमा सक्रिय र दुई वर्ष फुटबल प्रतियोगितामा सहभागि भएको व्यक्तिले एन्फाको निर्वाचनमा उम्मेदवारी दिन पाउने छन ।

त्यस्तै मताधिकारको कुरामा पनि एन्फा फराकिलो देखिएको छ । विगतका बर्षमा ‘वि’ डिविजनलाई पाँच मताधिकार प्रदान गरिएकोमा आगामी निर्वाचनमा ९ पु¥याईको छ । त्यस्तै ‘सी’ डिविजनको पनि तीनवाट बढाएर ५ पु-याइएको छ ।

४५ जिल्लाका प्रतिनिधिले मतदान गर्न पाउने उक्त निर्वाचनमा खेलाडी, प्रशिक्षक, रेफ्री संघ र महिला समितिले पनि मतदाधिकार प्रयोग गर्न पाउने छन ।