नयाँ शक्ति र लोकतान्त्रिकका प्रदेश संयोजक संघीय फोरममा प्रवेश

नयाँ शक्ति र लोकतान्त्रिकका प्रदेश संयोजक संघीय फोरममा प्रवेश


लोकतान्त्रिक फोरमका प्रदेश नं २ संयोजक उमाशंकर अरगरिया र नयाँ  शक्तिका संयोजक डा.सुरेन्द्र यादव  संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । यी दुवै पार्टीका नेतालाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय तिनकुनेमा छुट्टाछुट्टै कार्यक्रममा प्रवेश गराएका हुन् ।

लोकतान्त्रिक फोरमबाट संयोजक अरगरियासहित दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकिशोर यादव र डा. सत्यनारायण सिंह पनि संघीय फोरममा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रुकमिणी मण्डल, सोही पार्टीका धनुषा जिल्ला अध्यक्ष नरेश यादव, क्षेत्रीय अध्यक्ष द्वय अब्दुलशेख र जयनारायण मण्डल, धनुषा कमलामाई नगरपालिका मेयर पदका उम्मेदवार मनिकलाल मण्डल, जिल्ला नेताहरू सत्रुधन पासवान, प्रमोद अधिकारी लगायतका नेता कार्यकर्ताहरू रहेका छन्।