बलात्कारीको वर्षौंपछि डीएनएमार्फत पक्राउ

बलात्कारीको वर्षौंपछि डीएनएमार्फत पक्राउ


लण्डन । एक जना श्रृङ्खलाबद्ध बलात्कार गर्दै हिँड्ने आराधीलाई उनको डीएनएबाट २०वर्षपछि उनले कुनै अपरिचित महिलालाई बलात्कार गरेको घटना पत्ता लागेको कुरा हिजो अदालतले प्रकाश पारेको छ । सन् १९८७ सालमा क्रिसमस दिवसको बिहानीपखतिर एनटोनी इमाइलाले शिला जानकोविजलाई अचानक साङ्घातिक आक्रमण गरेर बलात्कार गरेको आरोप खुल्न आएको छ । त्यसपछिका वर्षहरुमा ५७ वर्षीय इमाइलाले श्रृङ्खलाबद्ध सातजना महिलाहरुलाई बलात्कार गरेका थिए । यसकालागि उनलाई सन् २००४मा ओल्ड बेइली अदालतबाट दोषी ठहर्याइएको थियो । घटनाको दिनमा जानकोविज र उनका पति एरविन एउटा पबमा क्रिसमस मनाउन गएका थिए, तर, पबमा गएपछि पतिपत्नीबीच झगडा भएको थियो । उनीहरु त्यहाँबाट आ-आफ्नोबाटो लागेका थिए । जानकोविज त्यसपछि आफ्नो साउथ इष्ट लण्डन, फोरेस्टहिलस्थित घरमा फर्केर आएकी थिईन् । घरमा आएपछि उनले आफ्नो पतिलाई घरमा नभेट्टाएपछि फेरि बाहिर निस्केर मूल सडकतिर आएकी थिईन् । त्यसैबेला एनटोनी इमाइलाले उनलाई पाखुरा समातेर लतार्दै मैला जम्मा गर्ने भुइमा पछारेर उनलाई बलात्कार गरेका थिए । ज्युरोरहरुले जानकोविजलाई इमाइलाले एउटा इँटा उठाएर मार्ने धम्की दिँदै मुखमा लगातार घुस्सा प्रहार गरेर बलात्कार गरेको कुरा भनेका छन् । २ दशकपछि त्यस बलात्कारको घटनाबाट प्राप्त बलात्कारीको डीएनएमार्फत बलात्कारी पत्ता लागेको कुरा अदालतले बताएको छ । अपराधीलाई सन् २०१० सालमा पक्डाउ गरेको थियो । उनले आफ्नो अपराध अस्वीकार गर्दै आफ्नो बचाउका लागि यौन सम्बन्ध सहमतिमा स्थापित भएको कुरा आदलतलाई बताएका छन् । जानकोविजले आफूलाई कसरी बलात्कार गरिएको थियो भन्ने बयान उनले प्रहरीसमक्ष दिएकी थिईन् सोही बयान अदालतमा पढेर सुनाइएको थियो । जानकोविजको मृत्यु सन् २००६मा भइसकेको छ । मुद्धाको बहस अझ चलिरहेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।