गौरीकाले १३ औं सागमा ‘स्वर्णमै ह्याट्रिक’ गर्ने बलियो सम्भावना

गौरीकाले १३ औं सागमा ‘स्वर्णमै ह्याट्रिक’ गर्ने बलियो सम्भावना


  • श्रीबिक्रम भण्डारी,

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को चर्चा संगै चर्चित पौडी खेलाडी गौरीकाको चर्चा पनि आकासिएको छ । भारतको गुवाहाटीमा सम्पन्न १२ औं सागमा गौरीकाले गरेको उत्कृष्ट प्रदर्शन त्यसको मुख्य कारण हो । १३ वर्षको उमेरमा १२ औं सागमा गौरीकाले गरेको प्रदर्शन आफैमा उत्कृष्ट थियो । जुन नेपाली खेलकुदको लागि ‘कोशेढुङ्गा’ बनेको छ ।

गौरीका पौडीकि यस्ती खेलाडी हुन जस्ले १३ औं सागमा तहत्का मच्चाउन सक्छिन । पौडीमा नेपाललाई ऐतिहासिक सफलता दिलाउदै एक्लै पौडीको कायापलट गर्ने सामथ्र्य राक्छिन । त्यसैले अहिलेदेखि नै गौरीकाको चर्चा सुरु भएको हो । आखिर १३ औं सागमा गौरीकाले त्यस्तो के गर्न सक्छिन, त्यो अहिले कौतुहलताको विषय बन्नु स्वभाविक बनेको छ ।

विगतका साग गेममा स्वर्ण पदकको चर्चा गर्दा तेक्वान्दो, कराते, बक्सिङ, जुडो, उसु र फुटबल खेलको नाम अग्रपंतिमा आउँथ्यो । तर अहिले समयले कोल्टे फेरेको छ, गौरीकाको उत्कृष्ट प्रदर्शनले गर्दा नेपालले स्वर्ण पदक जित्न सक्ने सम्भावित खेलमा पौडी नम्वर एकमा परेको छ । यदि नेपालमा १३ औं सागको आयोजना भयो भने गौरीकाले स्वर्ण पदक मात्र नभै स्वर्णमै ह्याट्रिक गर्ने उनले रेकर्डले देखाएको छ । उनले आफ्नो खेलमा यति सुधार गरेकि छिन त्यसको ‘फिना प्वाइन्ट’ हेर्दा पनि सोझै अनुमान लगाउन सकिन्छ ।

गौरीका २०० मिटर इन्डिभिजुयल, ४०० मिटर फ्रिस्टाइल र ८०० मिटर फ्रिस्टाइलमा उत्कृष्ट खेलाडी हुन । उनले यी इभेन्टमा आफुलाई निकै बलियो खेलाडीको रुपमा स्थापित गरेकि छिन । यी इभेन्टमा अन्य नेपाली खेलाडीलाई गौरीकासंग कुनै कोणवाट तुलना गर्न मिल्दैन । त्यस्तै १०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा पनि गौरीकाको स्वर्ण पदक जित्ने सम्भावना देखिएको छ ।

अर्को कुरा गौरीकाले प्राप्त गरेको फिना प्वाइन्टलाई मध्यनजर गर्दा दक्षिण एसियाली मुलुकका सवै खेलाडीभन्दा उनको अंक बढी छ । प्रतिस्पर्धि भारतीय खेलाडीले गौरीकालाई पछ्याए पनि गौरीकाको बढदो उमेरसंगै बढदै गएको स्तरले उनको अंकमा अँझ सुधार हुने उनका अभिभावकले प्रस्ट पारेका छन । स्मरण रहोस, गौरीका अहिले १५ बर्षमा मात्र टेकेकि छिन ।

वर्तमान अवस्थामा गौरीकाको फिना प्वाइन्ट ६५० देखि ६९० सम्म रहेको छ । जुन दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्न काफी छ । त्यस्तै भारतिय खेलाडीको ६४० देखि ६५० सम्म फिना प्वाइन्ट रहेको जानकारी प्राप्त भएको छ । फिनाको पूर्णाङ्क ११०० सय हुन्छ ।

भारतको गुवाहाटी र सिलोनमा सम्पन्न भएको १२ औं सागमा गौरीकाको ६१० देखि ६२० सम्म फिना प्वाइन्ट थियो । गौरीका ६०० भन्दा माथि फिना प्वाइन्ट ल्याउने पहिलो नेपाली पौडी खेलाडी हुन । यो कुराले १२ औं सागमा गौरीकाले जितेको १ रजत र ३ काँश्य पदकलाई पुस्टि गर्छ ।

पौडीमा नेपाललाई १३ औं सागमा ऐतिहासिक सफलता दिलाउन अहिले गौरीका व्यक्तिगत प्रशिक्षकको आवश्यकता देखिएको छ । यो कुरालाई गौरीकाका अभिभावकले पनि प्रमुख मुद्दा बनाएका छन । यदि सम्वन्धित निकाय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदले यो कुरालाई आत्मसात गरेको खण्डमा १३ औं सागमा गौरीकाको उत्कृष्ट प्रदर्शन हेर्न पाउने कुरामा दुईमत छैन ।

तसर्थ सम्वन्धित निकायले गौरीकाको वारेमा स्वदेश होस या विदेश जहाँ भएपनि प्रशिक्षकको उचित व्यवस्था गर्नुपर्ने देखिएको छ ।

अर्को वर्ष सन २०१८ मा युरोपमा युथ ओलम्पिक पौडी प्रतियोगिता हुँदैछ । जस्मा १८ बर्षमुनीका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन । यो कुराको जानकारी युथ ओलम्पिक कमिटीका पदाधिकारीहरुले नेपाल पौडी संघका पदाधिकारीलाई नगराएपनि व्यक्तिगत रुपमा गरेको समाचार प्राप्त भएको छ । ति पदाधिकारीले विश्वभरिका उदीयमान र उत्कृष्ट खेलाडीसंग सोधपुछ गर्दै युथ ओलम्पिकमा भाग लिन लागेको छ कि छैन भनेर सोधेको गौरीकाको परिवारिक स्रोतले बताएको छ ।

युथ ओलम्पिक कमिटीका पदाधिकारीहरुले गौरीकाको वारेमा यसरी चासो राखेर सोधपुछ गर्नु नेपालको लागि ठूलो सम्मानको कुरो भएको पनि उनका अभिभावकले बताएका छन ।