लण्डन । भगवद् गीताको अनुवादपछि यसको सम्पे्रषनमाथि रुसको साइबेरियास्थित जिल्ला आदलत, तोमस्कमा यसलाई प्रतिबन्ध गर्नुपर्छ भनेर मुद्धा हालेका थिए । आज अदालतले त्यस मुद्धालाई खारेज गरेको समाचार आएको छ । भारतले रुसी आदलतको यस कदमलाई प्रशंसा गरेको छ । स्थानीय न्यायपालिकासंग आबद्ध वकीलले भगवद् गीताको असली अनुवादलाई प्रतिबन्ध गर्नुर्पछ भनेर दायर गरेका मुद्धालाई साइबेरिया, तोमस्क जिल्ला आदलतका माननीय न्यायधीशले खारेज गरेका छन् । यस निर्णयलाई प्रशंसा गर्दै हामी एकदमै खुशी भएका छौ र रुसी मित्रहरुका सक्रियताका कारण यो सम्भव भएको हो भनेर भारतीय अन्तरिम मन्त्रालयका प्रवक्ताले उद्धृत गरेका छन् । उल्था गरेको भगवद् गीताको सारमाथि अतिवादीको संज्ञा दिएर भगवद् गीताको अनुवादलाई सम्प्रेषन गरेको देखेर यसलाई रुसमा प्रतिबन्ध गर्नुपर्छ भन्दै केही समयअघि रुसी तल्लो आदलतमा मुद्धा हालेको थियो । यसलाई भारतीय पक्षले विरोध जनाउँदै आएको थियो र यसले गर्दा भारतरुसको मैत्री सम्ब्ान्ध कटुतापूर्ण हुन सक्ने आशंका पनि रहेको थियो । इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सस्नेसका संस्थापक एसी भक्तिवेदन्त स्वामी प्रभुपदद्वारा रचित भगवत् गीताभित्रका वर्णनहरु एकदमै अतिवादी तथा यसमा व्ािश्वास अथवा अस्था नराख्नेहरुलाई घृणा र बेइज्जती गरेको सन्देश पुर्याउने ठहर गरि मुद्धा हालेका थिए । श्रोत – हिन्दुस्तान टाइम्स, सुमल, मेस ।
प्रतिक्रिया