भारतीय कंग्रेसको नेतृत्व अब राहुल गान्धीको काँधमा

भारतीय कंग्रेसको नेतृत्व अब राहुल गान्धीको काँधमा


भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले चाँडै आफ्नो छोरा राहुल गान्धी पार्टीको अध्यक्ष बन्ने बताएकी छिन् ।

नयाँदिल्लीमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सोनियाले भनिन्, “राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिलेदेखि सोधीरहनुभएको छ, अब राहुल चाँडै नै अध्यक्ष बन्दैछ ।”

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको हिजो शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई सोनियाले यस्तो जानकारी दिएकी हुन् ।

सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरिन् भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ ।

राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने अनुमान लगाइएको छ । हाल राहुल भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष हुन् ।