‘बद्लिदो अवस्थामा खेलकुदको भूमिका’ अन्तरक्रिया

‘बद्लिदो अवस्थामा खेलकुदको भूमिका’ अन्तरक्रिया


काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला खेलकुद कर्मचारी संघले ‘बद्लिदो अवस्थामा खेलकुदको भूमिका’ विषयक एकदिने अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताउदै खेलकुदमा युवा मात्र नभइ बृद्ध, बालवालिका सबैलाई संलग्न गराउन आवश्यक रहेको धारणा व्यक्त गरका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खेलकुदलाई हेर्ने जिम्मेवारी स्थानिय तहको पनि भएको बताउदै खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । काठमाडौं जिल्ला समन्वय समितिका सभापति शिव वैद्यले खेलकुदको विकासमा प्रस्ताव आए आफ्नो तर्फबाट पहल गर्ने बताए । काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले स्थानिय तहले खेलकुदलाई प्राथमिकमा राखि अधितम बजेट विनियोजन गर्नु पर्ने बताए ।