निवर्तमान उपसभामुख गंगाप्रसाद यादवले एमाले पार्टी राजेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगी यादव आइतबार बिहान एमाले प्रवेश गरेका हुन् ।
राप्रपाबाट सांसद रही ०७२ असोजमा उपसभामुख निर्वाचित भएका यादव आफूले प्रतिनिधित्व गरेको दल राप्रपाले राजनीतिक मुल्य मान्यता त्यागेको निश्कर्ष निकाल्दै एमाले प्रवेश गरेको बताए ।
पार्टी प्रवेशका लागि ओली निवास बालकोट पुगेका यादवलाई अध्यक्ष ओली तथा महासचिव ईश्वर पोखरेलले टिका तथा खादा लगाएर स्वागत गरेका थिए । उक्त पार्टी प्रवेशमा संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि थिए ।
पार्टी प्रवेश पछि सक्षिप्त प्रतिक्रिया दिर्दै यादवले देशको आवश्यकता अनुसार एमालेलाई बलियो बनाउनु पर्ने बताए । हिमाल पहाड र तराईलाई जोड्न र राष्ट्रियतालाई बलियो बनाउन आफू एमाले प्रवेश गरेको बताए ।
प्रतिक्रिया