दक्षिण एसियाली जोरखानेमा नेपाललाई तेश्रो स्थान

दक्षिण एसियाली जोरखानेमा नेपाललाई तेश्रो स्थान


प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगितामा नेपालले तेश्रो स्थान हासिल गरेको छ । ५८ अंक जोड्दै नेपाल तेश्रो भएको हो । ५४ अंक जोडेको श्रीलंका नेपालसंगै संयुक्त रुपमा तेश्रो भयो । नेपाल जोरखाने खेलकुद संघद्वारा आयोजित प्रतियोगिता अफ्गानिस्तान १ सय ५६ अंकसहित टिम च्याम्पियन बन्यो । १ सय ३९ अंक बटुलेको बंगलादेश दोश्रो स्थानमा रह्यो ।

दुई दिने प्रतियोगितामा नेपालबाट जम्मा ७ पुरुष खेलाडीले सहभागिता जनाएका थिए । सहभागी सबै खेलाडीले काँश्य पदक जितेका थिए । जोरखानेको चाके चामिनीमा रोजित महर्जन, कबाडेहमा राजु महर्जन तथा टिम स्किलमा रोजित, राजु, रोहित महर्जन, रोजन महर्जन र कुन्दन साह तुराहाले नेपाललाई कांस्य जितेका थिए ।

कुन्दन र रोजनले दोहोरो पदक जिते । कुस्तीको ५०–६० कुन्दन र ६०–७० रोजनले कांस्य हात पारे । कुस्तीकै ८०–९० केजीमा मुकेशकुमार ठाकुर तथा ९० केजीमाथि सुमिर साहले कांस्य जिते । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष एवं इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिडावेज, जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धरलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ५६ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।