एमालेले डाक्यो स्थायी समिति बैठक

एमालेले डाक्यो स्थायी समिति बैठक


नेकपा एमालेले स्थायी समितिको बैठक डाकेको छ । संघ र प्रदेशकोलागि समानुपातिक उम्मेद्वारको अन्तिम टुंगो लगाउन एमालेले आजलाई बैठक डाकेको हो ।

कार्यलय सचिव कृष्ण गोपाल श्रेष्ठका अनुसार प्रारम्भिक सूचि तयार भइसकेको र त्यसलाई टुंगो लगाउन अहिले केही बेरमै बैठक बस्न लागेको जानकारी दिए ।

यही मंसिर १० र २१ ग्ते हुने प्रदेशसभा र प्रतिनीधिसभाका लागि समानुपातिक तर्फको बन्दसूचि आज निर्वाचन आयोगमा बुझाउने दिन हो । संघको लागि ११० जना र प्रदेश सभाकोलागि २२० जनाको सूचि हुने छ ।