आँधी आउने चेतावनी पछि क्रिकेट स्थगित

आँधी आउने चेतावनी पछि क्रिकेट स्थगित


विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन भएको छ ।

हङकङमा समुद्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगन भएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख छ ।

स्थगित खेल सोमबार हुने जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।