विश्व शारीरिक सुगठनका पदकधारी नगदसहित सम्मानित

विश्व शारीरिक सुगठनका पदकधारी नगदसहित सम्मानित


मनकामना दर्शन प्रा.लि.ले नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसीपका पदकविजेता ननिता महर्जन र रुजेश शाहीलाई नगदसहित सम्मान गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष समेत रहेका सो कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ननितालाई १ लाख र रुजेशलाई ७५ हजार नगद प्रदान गरी सम्मान गर्नुभएको हो ।

मंगोलियाको उलन्बटारमा अक्टोबर ६ देखि ९ तारिखसम्म भएको प्रतियोगिताको महिला एथलेटिक फिजिक्सको १६० सेन्टीमिटर उचाईंमा ननिताले रजत पदक जितेकी थिइन् भने रुजेशले पुरुष ६० केजीमा कांस्य पदक जितेका थिए ।