एकताको घोषणा गर्दै नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम

एकताको घोषणा गर्दै नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम


नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता हुने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री बालुवाटारमा नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता हुने भएको हो ।

समाचार श्रोतका अनुसार लोकतान्त्रिकका पार्टी अध्यक्ष बिजयकुमार गच्छदारलाई उपसभापति सहित लोकतान्त्रिका १५ जना नेतालाई केन्द्रिय कार्यसमितिमा सामेल गर्ने र अन्यलाई बिभिन्न बिभाग तथा भातृसंगठनहरुमा सामेल गर्ने सहमती भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिभिन्न चरणको बैठक र सहमतीपछि औपचारिक रुपमा आज पार्टी एकता कार्यक्रमको घोषणा कार्यक्रमक तय गरिएको बताए ।

२०६४ सालअघिसम्म काँग्रेसमा नै रहेका गच्छदार पुरानै घर फर्कने भएका हुन् । प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकिएसँगै गठबन्धन, तालमेल र एकताको प्रक्रिया चलिरहेका बेला फोरम लोकतान्तिक र काँग्रेसबीच एकता हुन लागेको हो ।

काँग्रेसबाट छुट्एिर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदारले २०६६ सालमा फोरमबाट छुट्टिएर नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।

यता, लोकतान्त्रिक फोरमले समानुपातिक तर्फका बन्द सुचि समेत निर्वाचन आयोगमा दर्ता गरिसकेको छ भने दुई पार्टीबीच औपचारिक रुपमै पार्टी एकता भएको खण्डमा आयोगले दिएको सच्चयाउने म्याद अन्तरगत फेरी नाम सच्याउने बताइएको छ ।

परियारले फेसबुकमा गरेको निमन्त्राणा :