लण्डन । हिजो चिनियाँ राष्ट्रपति हु जिन्ताओ भारत भ्रमणमा आएको अवसरमा एक जना निर्वासित तिब्बती नागरिकले नयाँ दिल्लीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । आज अस्पतालमा त्यस व्यक्तिको मृत्यु भएको छ । २७ वर्षीय जाम्फेयी येशी नाम गरेको व्यक्तिले शरीरमा लगाएको कपडामाथि तेल खन्याएर आगो लगाएका थिए अनि चिच्याउँदै सडकमा दौडेका थिए । यसरी दौडिरहेका येशीका फोटाहरु त्यहाँ भएका सञ्चारकर्मीहरुले खिंचेर सञ्चार माध्यममार्फत सम्प्रेषन गरेका छन् । चिनियाँ सरकारले तिब्बतलाई अवैध कब्जा गरेको विरोधमा तिब्बतीहरुले विरोध जनाउँदै आएका छन् । त्यसबेला चिनियाँ सरकारको विरोधमा आएका प्रदर्शनकारीहरुले येशी दौडेर ढल्न पुग्दा उनका शरीरमा सल्केको आगो मारेका थिए । अस्पताल पुर्याउदा उनका शरीरको ९८ प्रतिशत भाग जलिसकेको थियो । उनको हृदयको गति बन्द तथा शरीरका अंगहरु सबै शिथिल भइसकेको थियो भन्ने कुरा अस्पतालका डाक्टर एलके माखिजाले भनेका छन् । राम मनोहर लोहिया अस्पतालका डाक्टर माखिजाले… साधरणतया ९८ प्रतिशत शरीर जलिसकेका व्यक्तिहरु बच्दैनन् … भनेका थिए । उनको शरीरलाई अहिले पोस्ट मार्टमका लागि पठाएको छ ।
हजारौ तिब्ब्तबाट आएका निर्वासित तिब्बेतीयन नागरिकहरु दिल्लीमा बस्दै आएका छन् । चीनले अपनाउँदै आएको तिब्बतीहरु प्रतिको दमन विरुद्ध विश्वको ध्यानाकर्षण गर्नका लागि कैयौ तिब्बती युवा आन्दोलनकारीहरु राष्ट्रपति हु जिन्ताओका भ्रमणको अवसर पारेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए । सन् २०११ देखि अहिलेसम्म २९ जना तिब्बतीहरुले शरीरमा आगो लगाएर आत्मदाह गरिसकेका छन् । चीन प्रशासित तिब्बतमा आत्मदाह गर्नेहरु खासगरी बौद्ध भिक्षूहरु तथा भिक्षुणीहरु रहेका छन् । ब्रीक, ब्राजील, रुस, इण्डिया, चीन र दक्षिण अफ्रिका, पाँच राष्ट्रहरुको विहीवार २ बजे भेला हुने सम्मेलानका लागि हु जिन्ताओ भारत भ्रमणमा आएका छन् ।
येशीका साथीहरुका अनुसार येशी सन् २००६मा तिब्बतबाट भारत भागेर आएका थिए र दिल्लीको मज्नुका टिलामा बस्दै आएका थिए । तिब्बती यूथ काङ्ग्रेसका अध्यक्ष तेन्जिङ चोग्यालका अनुसार उनी बेरोजगार थिए । चीनमा दुई पटकसम्म भागेर आउने प्रयास गर्दा चिनियाँ प्रहरीहरुले पक्रेर उनलाई चरम यातनाको पीडा खेपेका थिए । तेश्रो पटकमा मात्र उनी भारत भागेर आउन सफल भएका थिए । यसैले गर्दा उनी मानसिक हिसाबमा अत्यन्त दुःखी पनि थिए भनेर समाचारदाताहरुलाई चोग्यालले भनेका छन् । चिनियाँ सरकारले तिब्बतीहरुका धार्मिक तथा परम्परामाथि घात पुर्याउदै मानव अधिकार हनन गरेको आरोप तिब्बतीहरुले लगाउँदै आएका छन् । चिनियाँ हानमूलका नागरिकहरुलाई धमाधम तिब्बतमा बसाउन थालेपछि उनीहरु आफ्नै देशमा अल्पमत रहन गएको आरेाप तिब्बती जनताहरुले लगाउँदै आएका छन् । चिनियाँ सरकारले निर्वासित तिब्बती सरकारका प्रमुख धर्मगुरु दलाइ लामालाई देश टुक््रयाउन खोजेको आरोप लगाउँदै आएको छ । सन् १९५९मा तिब्बतलाई चीनले आफ्नो कब्जामा लिए पछि दलाइ लामा भारतमा शरण लिएर बस्दै आएका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया