राष्ट्रिय जनमोर्चाले नेकपा एमालेसँग पार्टी एकता नगर्ने भएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एमालेसँग सबै कुरा नमिल्ने भन्दै यस्तो बताएका हुन् ।
आगामी निर्वाचनका लागि जनमोर्चाले एमालेसँग चुनावी तालमेल मात्रै गर्ने र पार्टी एकता नगर्ने पक्का जस्तै भएको छ ।
नेता केसीले नेपाली कांग्रेससँग चुनावी तालमेल नहुने भन्दै आफ्नो नीति, व्यवहार, भेषभुषा, खानपान सबै मिल्नेसँग मात्रै पार्टी एकता हुन सक्ने बताए ।
प्रतिक्रिया