‘लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा छैन्’

‘लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा छैन्’


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पार्नुभयो । आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुने उहाँको भनाइ थियो ।

उहाँले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गर्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्रिमण्डलको विस्तार गरिनु गलत भएको भन्दै उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु नैतिकताले दिँदैन ।’

आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै उहाँले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गर्नुभयो ।