नेपाल लोकतान्त्रिक फोरमका केही केन्द्रीय नेताहरुले काँग्रेसमा सहभागी नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका नेता भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतान्त्रिक फोरमका नेताहरुले यस्तो बताएका हुन ।
थारुले भने, ‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ती सबै हल्ला हुन, हामी यही पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदी मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ ।’
थारुले अघि थपे, ‘विजय कुमार गच्छदारले बहुत गल्ति गर्नुभयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा स्थान मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनु हुन्छ, हामीले स्वागत पनि गर्नेछौँ ।’
मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ ।’
जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंक्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ ।’
प्रतिक्रिया